अवैध रुपमा बस्तैआएका नागरिकहरुलाई युएई सरकारले दिए आम माफी

साउन १६, युएई । अवैध रुपमा युएईमा बसिरहेका नागरिकहरुलाई त्यहाँको सरकारले आम माफी दिएको छ । गैरकानुनी रुपमा त्यहाँ गएका विदेशी नागरिकहरुलाई तीन महिना भित्र आफ्नो देश फर्किन वा वैध हुन भनेको छ ।

गैरकानुनी रूपमा युएईमा बसिरहेका विभिन्न देशका नगारिकसहित नेपालीले पनि आज अगस्ट १ देखि अक्टोरब ३१ सम्मभित्र बिनाजरिवाना र बिनासजाय आफ्नो देश फर्कन पाउने छन्। नेपाली दूतावासले यो आममाफीको सक्दो उपयोग गर्न आफ्ना नागरिकलाई आह्वान गरेको छ। युएईमा अवैधानिक रुपमा लुकिछिपी बसिरहेका सबै नेपालीलाई आममाफीको प्रक्रियामा सहभागी हुन जतिसक्दो चाँडो आफ्नो सम्पर्कमा आउन दूतावासले आग्रह गरेको हो।

भिसाको अवधि सकिएर बसेका, भिजिट भिसामा आएर काम नपाई ओभर स्टे भएका, पासपोर्ट नभएका कामदारले आवश्यक कागजात मिलाएर नेपाल फर्कन पाउने दूतावासले जनाएको छ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.