उखु किसानले फेरि थाले काठमाडौँमा आन्दोलन

मंसिर २८, काठमाडौँ । उखु किसानले राजधानीमा आएर माइतीघरमा आन्दोलन शुरु गरेका छन् ।

उखुको रकम वर्षौ देखि भुक्तानी नपाएपछि गत वर्ष आन्दोलनमा उत्रिएका किसानहरु फेरि राजधानी आएका हुन् । उनीहरु २०७६ पौष १८ गते सरकारसँग भएको सम्झौता लागू गर्न माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । लामो समयसम्म उखुको रकम नपाएपछि किसानहरुले गत वर्ष यही समयमा आन्दोलन गरेपछि सरकारसँग पाँच बुँदे सम्झौता भई चिनी मिलहरुबाट रकम भुक्तानी गराउने सहमति भएको थियो । त्यसको कार्यान्वयन नभएपछि उखु किसानहरु पुनः राजधानीमा आन्दोलनका लागि आएका हुन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.