मंसिर २८, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३४८ कोरोना संक्रमित थपिएका छन् । त्यसमध्ये सबैभन्दा धेरै काठमाडौंमा २५८ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ललितपुरमा ६५ र भक्तपुरमा २५ जनामा संक्रमण पुष्टि भएको हो । यसैबीच, २४ घण्टामा देशभर ८३० कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार सोही अवधीमा १ हजार ५०० संक्रमित निको भएका छन् ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ । सक्रिय संक्रमितको संख्या १० हजार ९९४ छ । पछिल्लो २४ घण्टामा ९ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ६९८ पुगेको छ । मन्त्रालयका अनुसार १० हजार ९९४ जना आइसोलेसनमा छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हालसम्म २ लाख ३५ हजार ७३१ संक्रमित निको भइसकेका छन् । तथ्यांक अनुसार कुल १८ लाख ३१ हजार ४१ पीसीआर परीक्षण गरिएको छ ।

