चर्चित सेलो गायक विशाल कल्तान र जीतु लोप्चनको गीत ‘ङाला मायाला रंग–२’ सार्वजनिक (भिडियोसहित)

मंसिर २६, काठमाडौँ । चर्चित सेलो गायक तथा संगीतकार विशाल कल्तान र लोकप्रिया गायिका जीतु लोप्चनको गीत ‘ङाला मायाला रंग–२’ सार्वजनिक भएको छ ।

उक्त गीतको संगीत गायक विशाल कल्तान स्वंयमको रहेको छ भने एरेन्ज चन्द सिहंले गरेका छन् । साथै गीतको शब्द फुलकुमार बम्जनको रहेको छ । गायक तथा संगीतकार विशाल समयसापेक्ष गीत रचना गर्दै आएका छन् । पछिल्लो समयमा तामाङ समुदायमा लोकप्रिय बनेका गायक कल्तान संगीतका दुनियाँलाई राजनीतिक परिवेशमा छिराउन चाहेका छन् । राजनीति देश र समाजलाई मार्गदर्शक गर्ने माध्यम भएको सकारात्मक शन्देश दिन खोजेको यस गीतको म्युजिक भिडियो समेत सार्वजनिक भएको छ । समुदायको विकास र अधिकारका लागि राजनीति आवश्यक रहेको यस गीतमार्फत प्रष्ट पारेको छ ।

म्यूजिक भिडियोमा मिलन थिङ (पराङ) , सिर्जना मोक्तान र जिग्मे छ्योईङ घिसिङले अभिनय गरेका छन् । सूर्य लामाले छायांकन गरेको भिडियोमा तामाङ चलचित्रका निर्देशक अमिर दोङ र कृष्ण ब्लोनले निर्देशन गरेका छन् । कृष्ण ब्लोनले सम्पादन गरेको उक्त म्यूजिक भिडियो अफिसियल डम्फू मिडियाद्वारा सार्वजनिक गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.