भ्रष्टाचार बिरूद्ध शान्ति समाजको प्रदर्शन

मंसिर २४, काठमाडौं । शान्ति समाजले भ्रष्टाचार विरूद्ध अन्तर्राष्ट्रिय दिवसका अवसरमा धर्ना प्रदर्शन गरेको छ । देशमा मौलाउँदै गएको भ्रष्टाचार निर्मूल पारिनु पर्छ, भन्दै बौद्धनाथ स्तुपामा १ घण्टा धर्ना पदर्शन गरिएको हो ।

‘कुशासन अन्त्य गरौं, शुसासन कायम गरौं’, भष्टाचारीलाई कारवाहिको दायरामा ल्याउन माग गर्दै प्रदर्शन गरेको शान्ति समाजका सभापति उत्तम पुडासैनीले बताए । “देश भ्रष्टाचारको भुमरीमा डुबेको छ । कतिपय भ्रष्टाचारका अभियोग पावर र पहुँचका आधारमा फैसला हुन्छन् । यसको अन्त्य गरिनुपर्छ”, उनले भने, “वाइडवडी जहाज प्रकरण, ३३ किलो सुन काण्ड, ७० करोड गोकुल बाँस्कोटा काण्ड, निर्मला हत्या प्रकरण त्यत्तिकै सेलाएर गए । न्याय मिलेको खै त देशमा । देशका नेताहरू कुसी कै लागि लडिरहेका छन् ।”

शान्ति समाजमा युवाको नेतृत्व गरिरहेका भगवान पुडासैनी लाखौं युवा बरोजगार भएको भन्दै रोजगारीको व्यवस्था गरिनुपर्नेमा जोड दिन्छन् । उनी भन्छन्, “युवा देशमा रोजगारी नपाएर विदेशिनु परेको कहालिलाग्दो अवस्था छ । भ्रष्टाचारका मुद्दा त्यसै साम्य हुन्छन् । यसको तत्काल अन्त्य हुनुपर्छ ।” प्रदर्शनमा गोकर्णेश्वर नगरपालिकालगायत विभिन्न संघसस्थाको सहभागिता थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.