नायिका श्वेता खड्का आज बिवाह बन्धनमा बाँधिदै

मंसिर २२, काठमाडौं । नायिका श्वेता खड्काले आज बिवाह बन्धनमा बाँधिदै छिन् । धनगढीका विजयन्द्रसिंह रावतसँग उनको बिवाह हुँदैछ ।

बिवाहमा दुबै परिवार निकटका सदस्य मात्र उपस्थित हुने बताईएको छ । उनीहरु केही समयदेखि प्रेममा रहेको बताइए पनि श्वेताले भने यो हल्ला मात्र भएको बताएकी थिइन् ।

नायिका खड्काको यसअघि नायक श्रीकृष्ण श्रेष्ठसँग २०७१ साल असार २३ गते बिवाह भएको थियो । बिवाहको एक महिनापछि नै श्रेष्ठको निधन भएको थियो । त्यस यता उनी सामाजिक कार्यहरुमा सक्रिय हुँदै आएकी थिइन् । यससँगै उनले आफ्नो कलायात्रालाई पनि निरन्तरता दिइरहेकी छिन् ।

उनले सिन्धुपाल्चोकको झ्याडीमा रहेको माझीवस्तीमा ५४ घरसहितको एकिकृत बस्ती निर्माण गरिसकेकी छिन् । भूकम्पले सबैभन्दा धेरै क्षति पुगेको सिन्धुपाल्चोक नायक श्रीकृष्णको गृहजिल्ला हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.