राजा र योजनाको ‘थोत्रे साइकल’ सार्वजनिक ( भिडियो )

मंसिर २१, काठमाडौं । गायक राजा खतिवडाले आफ्नो डेब्यु गीत ‘थोत्रे साइकल’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

प्रेमिल शैलीको युगल गीतमा गायक खतिवडाको साथमा संचारकर्मी तथा गायिका योजना पुरीको स्वर सुन्न सकिन्छ। पुस्कर खतिवडाको शब्द र संगीतमा रहेको यस गीतलाई ओम सुनारले संगीत संयोजन गरेका हुन्। युवा युवतीको विचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोम स्वयम गायक राजा खतिवडा र सृजु ढुंगाना मुख्य भुमिकामा फिचर्ड छन् भने राजन मोक्तान, हेमलाल घिमिरे र सफल पुरीको समेत भिडियोमा अभिनय देख्न सकिन्छ।

ईलामको रमणीय चिया बगानको दृश्य समावेश गरिएको म्युजिक भिडियोलाई ओम प्रसाईले छायांकन गरेका हुन्। भिडियोमा नविन निरौलाको सम्पादन छ। जीवन शाहीको निर्देशनमा भिडियो तयार पारिएको हो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.