लागुऔषध मुद्दामा भारती र हर्षलाई जमानत

मंसिर ८, मुम्बई । मुम्बई अदालतले सोमबार भारती र हर्षको जमानत याचिकाको सुनुवाइ गरी जमानत स्वीकारेको छ । यसअघि उनीहरुलाई १४ दिने न्यायिक हिरासतमा पठाइएको थियो ।

कानुनबमोजिम हजार ग्राम गाँजालाई थोरै परिमाण मानिन्छ, जसको स्वामित्वमा कसैलाई ६ महिनासम्म जेल र १० हजार जरिवाना लाग्‍न सक्छ । एनसीबीले २१ नोभेम्बरमा हास्य कलाकार भारती सिंह र उनका पति हर्ष लिम्बाचियाको घर र कार्यालयमा छापा मारेको थियो । उनीहरुको घर र कार्यालयबाट ८६।५ ग्राम गाँजा फेला पारेको थियो । सोधपुछमा भारती दम्पतीले गाँजा सेवन गर्ने गरेको स्वीकारेका छन् । उनीहरुलाई शनिबार एनडीपीएस ऐनअन्तर्गत पक्राउ गरेको थियो । उनीहरुलाई आइतबार अदालतमा पेस गर्दा मेडिकल जाँचपछि १४ दिने न्यायिक हिरासतमा पठाइएको थियो । तर जमानत पाएसँगै उनीहरु रिहा भएका छन् ।

बलिउडमा लागुऔषध मुद्दाबारे अनुसन्धान गरिरहेको एनसीबीले अहिलेसम्म थुप्रै कलाकार, निर्माता लगायतसँग सोधपुछ र उनीहरुको घर तथा कार्यालयमा छापा मारिसकेको छ ।
– बलिउड हंगामा

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.