साउन १५, काठमाडौं । गत बैशाखमा लिईएको कक्षा १२ को नतिजा बुधबार सार्वजनिकको तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आजै नतिजा सार्वजनिक गर्ने बताएपनि मिसिङको संख्या बढी भएकाले बुधबारसम्म सार्वजनिक गर्न लागिएको हो ।
यो वर्ष सबै संकायको नतिजा एकैपटक सार्वजनिक गरिने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । यसअघि बिज्ञान संकायको नतिजा सार्वजनिक गरेपछि मात्रै अन्य संकायको नतिजा सार्वजनिक गर्ने गरिन्थ्यो । यो वर्ष परीक्षामा २ लाख ९८ हजार नियमित र १ लाख १६ हजार आंशिक गरि ४ लाख १५ हजार विद्यार्थीले परीक्षा दिएका थिए ।