मंसिर २, काठमाडौँ । लामो लकडाउनको बीचमा गायिका बसन्ती लामा र संगीतकार तथा गायक बाबुल गिरीको युगल गायनमा रहेको ‘नेपाल गए कपालसंगै’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
निकै मनोरञ्जनात्मक शैलीको यस गीतका शब्द र संगीत गायक तथा संगीतकार बाबुल गिरीको रहेको छ भने संगीत संयोजन पनि गिरीले नै गरेका हुन् । म्युजिक भिडियोमा नायक पल शाह, यादव देवकोटा (सरापे), टिकटकका भाईरल जोडी प्रिज्मा÷ प्रिन्सी खतिवडा र अर्बिनले अभिनाय गरेका छन् । चक्र बहादुर बरालले छायांकन गरेको यस भिडियोलाई गम्भिर विष्टले कोरियोग्राफ गरेका हुन्। भिडियोमा शिलान लम्सालको सम्पादन रहेको छ। केन्द्र मोशन पिक्र्चस मार्फत सार्वजनिक गरिएको यस भिडियोलाई सुरेन्द्र मल्लको निर्देशनमा तयार पारिएको हो।

भजन गीतमार्फत आफ्नो संगीतिक यात्रा आरम्भ गरेकी गायिका बसन्तीले पछिल्लो समयमा थुप्रै आधुनिक तथा सेलो गीतमार्फत दर्शक तथा स्रोतालाई मनोरञ्जना प्रदान गर्दै आएकी छिन् । त्यस्तै संगीतकार तथा गायक बाबुल गिरीले पनि थुप्रै गीतहरुमा संगीत संयोजन तथा संगीतवद्द गरेका छन् । ठूलो पर्दाका चलचित्रहरुमा समेत काम गराईसकेका गिरीले पछिल्लो समयमा गायन क्षेत्रलाई पनि अगाडी बढाएका छन् ।
भर्खरै सार्वजनिक गरिएको यस गीतको भिडियोलाई हेरेर प्रतिक्रिया दिन निर्माण टिमले सम्पुर्ण दर्शक स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन्।

