मंसिर १, महेन्द्रनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको कृष्णपुर २, वाणीमा आज दिउँसो दुईवटा मोटरसाइकल आपसमा ठक्कर खाँदा तीनजना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय गुलरियाका अनुसार म.१.प ७८२३ र सुप प्र ०१००८ प २८९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएर भएको दुर्घटनामा कैलालीमा कार्यरत प्रहरी सहायक निरीक्षक धीरबहादुर विष्ट र यहाँको शुक्लाफाँटा नगरपालिका १, बन्साहका ४० वर्षीय उत्तमसिंह धानुक र २१ वर्षीय सुनीता विष्ट घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा पुर्याइएको इलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी नायब निरीक्षक भरत धामीले बताए । –रासस

