आगलागीमा परी ७ वर्षीया बालिकाको मृत्यु

मंसिर १, झापा । मैनबत्तीबाट आगो सल्केर झापाको कमल गाउँपालिकामा गए राति एक बालिकाको मृत्यु भएको छ । कमल–२ स्थित थापा गाउँका ध्रुव परियारकी ७ वर्षीया छोरी रेजुका परियारको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

बुबाआमा घरबाहिर रहेको र छोरी रेजुका मात्रै घरभित्र सुतिरहेको अवस्थामा राति ९ बजेतिर अचानक मैनबत्तीबाट आगो सल्किएको थियो । आगो दन्किएपछि घरभित्र रहेकी बालिकालाई बाहिर निकाल्न नसक्दा घटनास्थलमै बालिकाको मृत्यु हुन पुगेको प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए । आगलागीबाट परियारको इँटाको गारो र टिनको छानो पूर्णरूपमा जलेर नष्ट हुँदा करिब १५ लाख बराबरको क्षति भएको छ । आगो निभाउने क्रममा ग्यास सिलिण्डर पड्किएर स्थानीय २२ वर्षीय राम टुडु सामान्य घाइते भएका छन् । स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको आएको प्रनाउ पण्डितले बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.