साउन १५, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार देशभरी नै विरोध प्रदर्शन गर्दैछ । देशका ७७ वटै जिल्लाबाट सरकार विरुद्ध प्रदर्शन गर्ने भएको हो ।
काठमाडौंमा शान्तिबाटिकाबाट जुलुस निकाल्ने जनाएको छ। सर्वसत्तावाद, बढ्दो महँगी विरुद्ध र लोकतान्त्रिक पद्दतिको रक्षाका लागि भन्दै कांग्रेसले सरकारविरुद्धको प्रदर्शन गर्ने कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले बताए । सरकारले महंगी रोक्न प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको, निषेधित क्षेत्र तोक्दै नागरिक अधिकारको हनन् गरेको तथा संवैधानिक अंगमा हस्तक्षेप गरेको आरोपसमेत कांग्रेसले लगाउँदै आएको छ ।
यसैबीच नेपाली कांग्रेस काठमाडौंले दिउँसो साढे २ बजे रत्नपार्क शान्ति बाटिकाबाट प्रदर्शन गर्ने जनाएको छ । शान्ति बाटीकाबाट भोटाहिटी, असन, इन्द्रचोक, विशालबजार हुँदै फेरि शान्तिबाटीकामै फर्किएर कोणसभा गरिने कांग्रेसको काठमाडौ जिल्ला कार्यसमितिले जनाएको छ ।

