कात्तिक २८, काठमाडौँ । बाग्मती प्रदेश भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयाँलले तीन तहको सरकार आएपछि संघीय नेपालको विकासमा लहर बढेको बताएका छन् । मन्त्री फुयाँलले शुक्रबार काठमाडौँको कागेश्वरी नगरपालिका स्थित वडा– १ मा रहेको कागेश्वरी धाममा कागको मूर्तिलाई माल्याअर्पण गर्ने कार्यक्रममा सो कुरा बताएका हुन् ।

कागेश्वरी धाम हजारौ बर्षदेखि साँस्कृतिक तथा धार्मिक रुपले संरक्षण गर्दै आएको थलो भएको स्पष्ट पार्दै पछिल्लो समयमा बाग्मति प्रदेश सरकारको पहलमा संरक्षणलाई तिब्रता दिदै आएको बताए । बाग्मति प्रदेश सरकारको सम्पदा संरक्षणको अभियान अगाडी बढिरहेको बताउँदै सम्पदाको महत्वपूर्ण काम कागेश्वरी धामले बनाएकोमा खुशी व्यक्त गरे । कागेश्वर धाममा थप पर्यटन प्रर्वद्धनमा सहयोग पु¥याउन विश्वकै ठूलो कागको प्रतिमा राख्ने तयारी भएको र मूर्ति निर्माणधीन रहेको बताए ।
मन्त्री फुयाँलले नेकपा अध्यक्ष केपी ओलीको नेतृत्वमा मुलुकमा विकासको गतिले तिब्रता लिएको बताएका छन् । वर्तमान सरकारले जनताको प्रश्नलाई सम्बोधन गरेको बताउँदै सुशासनको काल प्रधानमन्त्री ओलीकै नेतृत्वमा तीनै तहमा सुरु भईसकेको उल्लेख गरे । त्यस्तै संघीय नेपालको अवधारणापछि पाँच वर्षका लागि केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको स्मरण गराउँदै सरकारले राजनीतिक स्थीरता दिनेमा कुनै शंक नरहेको मन्त्री फुयाँलले जिकिर गरे ।

त्यस्तै बाग्मति प्रदेश सरकारले हाल हरित बाग्मति प्रदेश अभियान सञ्चालन गरी विद्युतिय बस सञ्चालनको तयारीमा रहेको जानकारी दिए । बागमति प्रदेश सरकार अन्र्तगत भौतिक पूर्वाधार मन्त्रालयले काठमाडौँ उपत्यकाभरि ६ स्थानबाट काठमाडौँ उपत्यका काठ चक्रपथको काम दुई महिना भित्रमा थालनी हुने बताए । बाग्मति प्रदेशभरीका १३ ओटै जिल्लालाई प्रभाव पार्ने गरी १० जिल्ला भएर घुम्ने गरी पुष्पालाल चक्रपथ निर्माण गर्न लागिएको र त्यसको काम पनि ४ स्थानबाट सुरु हुने मन्त्री फुयाँलले बताए ।
नेकपा पार्टीभित्र देखिएका समस्यालाई चाँडै समाधानको निकास खोज्दै राष्ट्रिय एकतामा ध्यान दिन नेतृत्व पंक्तिलाई अग्राह गरे । अगामी पार्टीको महाधिवेशनबाट ७० वर्ष उमेरपछि कार्यकारी पदबाट सबै नेतृत्वहरुले विदा हुने र पार्टी सल्लाहकार तहमा बस्ने प्रणाली ल्याउने उनको तर्क छ । जीवनभर एउटै व्यक्तिले नेतृत्व गर्ने प्रणाली अव नेपालमा काम नलाग्ने उनको भनाई छ ।

