पत्रकारमाथिको हमलाको राष्ट्रसंघीय प्रमुखद्धारा निन्दा

कात्तिक २७, काठमाडौँ । संयुक्त राष्ट्रंघका महासचिव एन्टोनियो गुटर्रेसले पत्रकारहरुमाथि हुने गरेको हमलाको कडा रुपमा निन्दा गर्नुभएको छ ।उहाँले यसरी प्रेसमाथि भएको हमलाको निन्दा गर्दै यस्तो हमला तत्कालै रोकिनुपर्ने बताउनुभयो । साथै उहाँले यसरी पत्रकारलाई हमला गर्ने तथा हत्या गर्ने व्यक्तिहरुमाथि कानुन बमोजिम कडा कारबाही गर्न पनि माग गर्नुभएको छ ।

महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले बुधबार एक विज्ञप्ति प्रकाशन गर्दै सो कुरा बताउनुभएको हो ।उहाँले पत्रकारको हत्या गर्ने व्यक्तिलाई कडा कारबाही नगर्दा यसबाट दण्डहीनता बढेको र जसका कारण पत्रकारको हत्या नरोकिएको पनि बताउनुभएको छ । सो विज्ञप्तिका अनुसार सन् २०१८ देखि २०१९ सम्मको अवधिमा युनेस्कोले दिएको एक तथ्यांकमा ६७ जना पत्रकारको हत्या भएको थियो ।ती पत्रकारहरुको हत्या सशस्त्र द्धन्द्ध भएका देशमा यसैसँग सम्बन्धित घटनाका कारण भएको पाइएको थियो ।

युनेस्कोले दिएको जानकारीमा तीमध्ये २३ जना पत्रकार त युद्धको समाचार संकलनकै क्रममा ज्यान गएको थियो ।कतिपय पत्रकारलाई युद्धको समाचार संकलनका क्रममा हत्या गर्ने गरिएको पाइएको छ भने कतिपयलाई भने युद्धका नाममा हत्या गर्ने गरिएको छ भन्दै महासचिव गुटर्रेसले जे जस्तो गरेर भए पनि पत्रकारको हत्या गर्ने गरिएकोले हत्यामा संलग्नहरुलाई कडा कारबाही गर्नुपर्ने बताउनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.