कात्तिक २६, काठमाडौं । एका नक्कली इन्स्पेक्टर सहित तिन जना सक्कली प्रहरीको फन्दामा परेको खबर छ ।
महानगरीय अपराध महाशाखाले नक्कली प्रहरी बनेर सर्बसाघारणलाई धाक धम्की दिने समूहका एक इन्स्पेक्टर सहित ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नुवाकोटको तादी गाउँपालिका– ८ घर भई तारकेश्वर नगरपालिका बस्ने २३ वर्षका रमेश तामाङ, दोलखा मेलुङ गाउँपालिका– ५ डाँडाखर्क घर काठमाडौंको वनस्थली ढुङ्गेधारा बस्ने ३३ वर्षका तुल बहादुर मगर र नवलपरासीको कावासोती नगरपालिका– १२ पिठौली घर भई काठमाडौंको स्वयम्भु बस्ने ३६ वर्षका गुविराम घले रहेको महाशाखाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
उनीहरूले काठमाडौंको बालाजु माछापोखरी एरियामा ब्यक्तिहरुलाई आफू प्रहरीको इन्स्पेक्टर हुँ भन्दै धम्की दिई रकम माग गरी दुःख दिने गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

