काठमाडौं उपत्यकामा १२६१ कोरोना संक्रमित थपिए

कात्तिक २६, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार २६१ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ५२८ महिला र ७३३ पुरुष रहेका छन् ।

काठमाडौंमा मात्र हालसम्म १७ हजार १६४ सक्रिय कोरोना भाइरस सक्रमित रहेका छन् भने २८९ जनाको मृत्यु भएको छ । त्यसैगरी भक्तपुरमा हालसम्म एक हजार २७५ जना सक्रिय संक्रमित रहेका छन् भने ७४ जनाको मृत्यु भएको छ । ललितपुरमा दुई हजार ५०६ सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ७७ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

काठमाडौंमा ११ हजार ३९३ होम आइसोलेसनमा छन् भने भक्तपुरमा एक हजार ८१४ र ललितपुरमा एक हजार ८३१ जना होम आइसोलेसनमा रहेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.