‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा आदिवासी जनजातिको भूमिका महत्वपूर्ण’

साउन १४,  काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा आदिवासी जनजातिको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

नेपाल–भारत आदिवासी जनजाति मैत्री संघले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा उनले आदिवासी जनजातिको रहनसहन र भाषा–संस्कृतिले नेपाललाई विश्वसामु चिनाउन सहयोग पुगेको बताए । नेपालको संविधानले जनजातिको अधिकारलाई सुनिश्चित गरेको भन्दै उनले भाषा–संस्कृति जोगाइराख्न सबै एकजुट हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा नेपाल–भारत आदिवासी जनजाति मैत्री संघका सभापति विनोदकुमार गुरुङ, विश्वशान्ति गुरु ट्याङ्कपा आचार्य तथा भारतीय दूतावासका अधिकारीहरु डा. अजय कुमार, केटीखम्पालगायतलाई सम्मान गरिएको थियो ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.