नेपालमा आज २ हजार ७५३ जना संक्रमित थपिए

कात्तिक २२, काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ । आज २ हजार ७५३ जना नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८७ पुगेको छ । आज मात्र १७ जनाको मृत्यु भएको छ । कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख ५५ हजार ११४ पुगेको छ । आज निको हुनेको संख्या २ हजार २०६ छ । आजको पिसिआर परीक्षण १० हजार ४२३ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १५ लाख २७ हजार ७६६ रहेको छ । आज ३५ हजार ४३५ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.