पर्यटन क्षेत्रलाई पुरानै लय फर्काउन निजी क्षेत्रसँग सहकार्य : सचिव कोइराला

कात्तिक २०, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले कोभिड १९ बाट शिथिल बनेको पर्यटन उद्योगलाई पुरानै लयमा फर्काउन निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने बताएका छन् ।

पर्यटन क्षेत्र चाँडै आफ्नो पुरानो लयमा फर्कने भन्दै उनले निजी क्षेत्रसँग सहकार्य गरी नयाँ, नौलो र प्रभावकारी योजना एवं रणनीति आवश्यक रहेको बताए । नेपाल पर्यटन बोर्डले गरेको स्वागत कार्यक्रममा उनले यस्तो बताएका हुन् । निजी क्षेत्रबाट बोर्डको कार्यकारी समितिमा प्रतिनिधित्व गरेका दीपक महतले आजको विषम् र प्रतिकूल परिस्थितिमा नेपालको निजी क्षेत्रका पर्यटन व्यवसायीहरुले सरकारबाट सहयोग र भरथेगको अपेक्षा गरेको बताए । बोर्डका कार्यकारी प्रमुख डा. धनञ्‍जय रेग्मीले बोर्डको चिनारी, नीतिगत व्‍यवस्था र पछिल्ला दिनका बोर्डका कार्यसम्पादनका विषयहरुमा जानकारी गराएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.