प्रविशा अधिकारीको ‘उड्यो रे मेरो मन’ सार्वजनिक ( भिडियो )

कात्तिक १७, काठमाडौं । गायक निराजन कडेल र गायिका प्रविशा अधिकारीको युगल स्वरमा रहेको गीत ‘उड्यो रे मेरो मन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

प्रेमिल शैलीको यस गीतमा शब्द र संगीत प्रमोद कोइरालाको रहेको छ। यस गीतलाई शैलेन्द्र एम प्रधान (वावु) ले संगीत संयोजन गरेका हुन्। कालिनचोकमा छायांकन गरिएको म्युजिक भिडियोमा सागर थापा (धुर्व ) र रोशनी कार्कीको प्रेम र रोमान्स देख्न सकिन्छ। यस भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन्। अनिल के मानन्धरको छायांकन र निर्देशनमा भिडियो तयार पारिएको हो। गायक कडेलको अफिसिएल युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

विगत लामो समयदेखि निरन्तर आफ्नो संगीत यात्रा अघि बढाइरहेका गायक कडेलले यसअघि ६ बढी म्युजिक भिडियो र ुपरिक्षाु नामक एल्वम सार्वजनिक गरिसकेकाछन्। गायक कडेलले यस गीतलाई हेरेर प्रतिक्रिया दिन सम्पूर्ण दर्शक ,  स्रोता र मिडिया हाउसलाई आग्रह गरेका छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.