‘पार्टीभन्दा गुट ठूलो हुँदैन’ : गोकर्ण विष्ट

कात्तिक १७, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद एवं पूर्वमन्त्री गोकर्ण विष्टले पार्टीभन्दा गुट ठूलो ठान्ने प्रवृत्ति सच्याउनु पर्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबूकमा आज एक स्टाटस लेख्दै विष्टले भनेका छन्, ‘देश र जनताभन्दा नेता ठूलो, पार्टीभन्दा गुट ठूलो ठान्ने प्रवृत्तिलाई सच्याएर मात्रै आन्दोलनलाई थप सशक्त र एकताबद्ध बनाउन सकिनेछ ।’

पछिल्लो समय मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली विवाद, राजदूत सिफारिस र पर्सा हत्याकाण्ड लगायत प्रकरणले नेकपाभित्र आन्तरिक विवाद चुलिएको बेलामा नेकपाका युवा नेता विष्टको यस्तो अभिव्यक्ति आएको हो। नेकपामा पछिल्लो पटक देखिएको आन्तरिक विवादले पार्टी फुटको अवस्थामा पुगेको भन्दै आइतबार महासचिव विष्णु पौडेलले पनि पार्टी एकता संकटमा परेको बताएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.