काठमाडौं उपत्यकामा १६२२ कोरोना संक्रमित थपिए

कात्तिक १६, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ६२२ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार काठमाडौंमा एक हजार ३६२, भक्तपुरमा ९६ र ललितपुरमा १६४ जना कोरोना संक्रमित थपिएका हुन् । देशभर हालसम्म सबैभन्दा बढी प्रभावित काठमाडौं रहेको छ । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ८२४ कोरोना संक्रमित थपिएका हुन् । त्यसैगरी तीन हजार ६२० जना डिस्चार्ज भएका छन् । हालसम्म देशभर कोरोना संक्रमितको संख्या एक लाख ७३ हजारभन्दा बढी पुगेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.