साउन १४, काठमाडौं । नेपाल र चीनबीच विभिन्न परियोजनामा हस्ताक्षर भएको छ । नेपालको सामाजिक विकासमा चिनियाँ सरकारले विभिन्न परियोजनामार्फत सहयोग उपलब्ध गराउन सो सम्झौता भएको छ ।
मुलुकको सामुदायिक विकास, जीविकोपार्जन, विपद् व्यवस्थापन, सीपमूलक तालीम, शिक्षा र स्वास्थ्य सेवामा परियोजना सञ्चालन गर्नका लागि समाजकल्याण परिषद् र चिनियाँ एनजीओ नेटवर्क इन्टरनेशनल एक्सचेञ्जबीच आइतबार साँझ समझदारी भएको परिषद्ले आज जनाएको छ ।कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा र चीनका तर्फबाट अन्तर्राष्ट्रिय विभाग उपमन्त्री वाङ याजुनले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको थियो । मन्त्री थापा समाजकल्याण परिषद्का अध्यक्षसमेत हुनुहुन्छ ।
सो अवसरमा मन्त्री थापाले उक्त समझदारीबाट दुवै मुलुक आर्थिक र सामाजिक विकासका लागि सहकार्य र समन्वयका माध्यमबाट अगाडि बढ्ने बताउँदै दुई देशको शदियौं पुरानो सम्बन्धलाई जनस्तरमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । उपमन्त्री वाङले छिमेकी देश नेपालको विकास र नेपालीको प्रगतिमा सहयोग गर्न पाउँदा खुशी व्यक्त गर्नुभयो । यसैबीच चीन सरकारले काठमाडौँ महानगरपालिकालाई सडक सफा गर्न दुई ब्रुमर ९उपकरण० हस्तान्तरण गरेको परिषद्का कानूनी सल्लाहकार निशा बानियाँले जानकारी दिनुभयो ।