कात्तिक १४, धादिङ । दशैँमा लगाइएको पिङ खेल्न गएकी एक बालिकालाई बलात्कार गरेको अभियोमा प्रहरीले बालकलाई पक्रेको छ ।
गल्छी गाउँपालिका–७ की चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १४ वर्षीय बालकलाई प्रहरीले शुक्रबार गिरफ्तार गरेको छ । पिङ खेल्न गएकी बालिकालाई बलात्कार गरेको अन्य बालकले देखेपछि स्थानीयवासीको सहयोगमा प्रहरीले गिरफ्तार गरेको हो ।

