काठमाडौंमा छुरा प्रहार गरी एकजनाको हत्या

कात्तिक १४, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका ५ धापासीमा छुरा प्रहारबाट एकजनाको हत्या भएको छ । गोरखा घर भएका २४ वर्षीय आशिष मगरको छुरा प्रहारबाट मृत्यु भएको हो ।

धापासी हाइटस्थित देवी मन्दिरको प्रांगणमा अपरिचित मानिसहरुले एक्कासी छुरा प्रहार गर्दा गम्भीर घाइते भएका मगरको चिरायु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । महानगरीय प्रहरी वृत्त महाराजगञ्‍जबाट खटिएको प्रहरीले छुरा प्रहार गर्ने व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.