साउन १४, महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिकामा आज दिउँसो दोस्रो गाउँपरिषद् चलिरहेका बेला कुर्सी हानाहान भएको छ ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षसहित बहुमत रहेको पिपरा गाउँपालिकामा राजपा नेपालकै नेता कार्यकर्ताले परिषद्को विरोध र बहिष्कार गर्दा कुर्सी हानाहान भएको हो ।राजपाका पिपरा गाउँपालिकाका पार्टी अध्यक्ष विनित पाण्डेको नेतृत्वमा गएको नेता कार्यकर्ताको टोलीले परिषद्मा अवरोध गरेको थियो ।
परिषद् शुरु हुनेबित्तिकै पाण्डेले अवरोध गरेको र उनका सहयोगीले कुर्सी, टेबुल तोडफोड गर्न थालेपछि दोहोरो झडप भएको थियो । डपमा परी तीनजना घाइते भएका छन् । साथै केही कुर्सी र माइक पनि तोडफोड भएको गाउँपालिकाले जनाएको छ । दोहोरो झडपपश्चात् प्रहरी परिचालन गरी परिषद् शुरु गरिएको थियो ।

