राष्ट्रिय फुटबल टोलीका चार खेलाडीमा कोरोना संक्रमण

कात्तिक १३, काठमाण्डौं । नेपाली राष्ट्रिय फुटबल टिमका चार खेलाडीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार एक सूचना प्रकाशित गर्दै चार खेलाडीलाई कोरोना संक्रमणको पुष्टि भएको जनाएको हो ।

बिहीबारबाट सुरु भएको राष्ट्रिय फुटबल टोलीको टिमको प्रशिक्षणका लागि ३४ खेलाडीलाई बोलाइएको थियो । तर, प्रशिक्षणमा भने ३० जना खेलाडीले मात्र सहभागीता जनाएको थिए । चार जनामा कोरोना संक्रमणको पुष्टि भएका कारण प्रशिक्षणमा ३० जनाले सहभागीता जनाएको एन्फाले जनाएको छ । कोरोना देखिएका ४ खेलाडीलाई सेल्फ आईसोलेसनमा राखिएको एन्फाले जनाएको छ । एन्फाले संक्रमित खेलाडीको नाम भने खुलाएको छैन ।

प्रशिक्षण सुरु गर्नु पूर्व एन्फाले बुधबार खेलाडीको स्वाव संकलन गरेको तर, चार खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । नेपालले बंगलादेशसँगको अन्तर्राट्रिय मैत्रीपूर्ण खेलका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबारबाट प्रशिक्षण सुरु गरेको थियो । नेपालले बंगलादेशसँग कात्तिक २८ गते मंसिर २ गते गरी दुई अन्तर्राट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ । फिफा विश्वकप छनोटको दोस्रो चरण अर्न्तगत घरेलु खेलको तयारीमा रहेको नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.