पिठ्युँमा तिमीले सुसु गरेका धाराका चिसोले मन अझ आनन्दीत छन्…….

थाप्लामा तिमिलाई बोक्दा लाएको ऋण र पिठ्युँमा तिमीले सुसु गरेका धाराका चिसोले मन अझ आनन्दीत छन् ।
भित्तामा तिमिले कोरेका चीत्र मेटिन लागेका सम्झनाहरु छन् ।
मेरो सिरभन्दा माथि तिमिलाई, दशैमा टिकि लगाउदै गरेका तस्बिर मात्रै छन् । तर आशीक खै आज नौ समुन्द्र पारि छन् ।
आज भित्तामा भित्तै भएर टासिंएका धमिला सम्झनाहरु छन् ।

चि–चि गरेर कराउने जुत्तादेखि, तिमिलाई परदेशिका ढोकासम्म पु¥याउने ¥याकमा पुराना जुत्ताहरुछन् बस् लगाउने खुट्टाहरु छैनन् ।
म नाङ्गिएर तिमिलाई ढाकिएका स–साना कपडाहरु दराजमा छन् बस् तोते बोली र खीत्काहरु मसंग आज छैनन् ।
तिमिले रोपेका आगनिका ढिलभरि घडि फुल र घाम फुलहरु छन् बस् सजाउने तिम्रा हात छैनन् ।

घरको आगनिमा कालो खसि बाध्दै गर्दा झरेका मेरा आशुले सायद त्यस बेला उता तिम्लाई बाडुलि लागेको होला ।
गड्याङ्ग गरेर मेघ गज्रिदा , तिम्रा साथी देख्दा भक्कानियका मेरा मनले सायद तिम्रो घाटि उता खस खसायो होला।
हरेक साझ बिहान तिम्री आमाले पहिलो गाँस खानु अघि सायद उता तिम्रो छाति चर्कियो होला।

साठ्ठि बर्ष काट्दै गरेकि तिम्रि आमाको शरिर थाम्ने लौरा छैनन्
तिमिलाई रातो टिकि र फुलको माला पहिरौदै तिम्रा खुशिमा बिदाई गर्दा लगाएको फेरिएको दौरा छैनन् ।
तिम्रो आमाको हरेक पाईलामा बज्ने थैलिका डबल ,खै आज भरिदिने र खोलिदिने तिम्रा हात छैनन् ।
नब्बे बर्ष पुगेका बुढा तिम्रा हजुरबुवा ले तिम्रै लागि जोडिदिएका जमिन ,मेरै सपना जस्तै बाझा छन्

नाति जन्मिएपछि सधैं खोलिन्छन भन्ने घरका ढोका आज तिम्रै बाटो हेर्दै रोएका छन
तिम्रो रुप हेर्न कुरिएका गर्भका नौ महिना आज तिमिले पठाएको नौ शब्दमा खुशि छु छोरा ।।

लेखक÷ रचनाः दिपिन न्यौपाने

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.