नेपाल र नेपालीको प्रगति र समृद्धिका लागि चीन सदैव तयार

साउन १४, काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा आएका चिनियाँ उपविदेश मन्त्री वाङ वाजुनबीच भेटवार्ता भएको छ । सोमबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्तामा नेपालको आर्थिक समृद्धिमा चिनियाँ सहयोगबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

भेटमा अध्यक्षले कम्युनिष्ट पार्टीहरुबीचको एकताले जनतामा आशा जगाएको बताउँदै जनताले पार्टी एकतालाई चुनावमा जिताएर अनुमोदन पनि गरेको उल्लेख गरे । चीनको द्रुत आर्थिक विकास नेपालका लागि प्रेरणाको स्रोत भएको अध्यक्ष प्रचण्डको भनाई थियो । अध्यक्षले विदेशमन्त्री समक्ष नेपालको आर्थिक विकासमा चीन सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र जनताको निरन्तर सहयोग रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरे ।

विदेशमन्त्री चिङले राष्ट्रपति सिजिङ पिङको अध्यक्ष प्रचण्डप्रति न्यानो अभिवादन रहेको सन्देश सुनाएका थिए । उनले ठूला कम्युनिष्ट पार्टीहरुको एकताबाट देशमा स्थायीत्व कायम भएकोमा बधाई दिए । विदेशमन्त्री चिङले चीन नेपाल र नेपालीको प्रगति र समृद्धिका लागि सदैव तयार रहेको बताए । बेल्ट एण्ड रोड इनिसेटिभका लागि चौतर्फी वातावरण तयार भएको उनको भनाई थियो । वाङले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।

तस्बिरः प्रचण्डको सचिवालय

Satkar Media House
Leave A Reply

Your email address will not be published.