कात्तिक १२, काठमाडौं । बितेको २४ घण्टामा देशभर थप १ हजार ९५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ८ हजार २४८ जनाको पीसीआर भएकोमा १ हजार ९५४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३ रहेको छ। २४ घण्टामा ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

