वाग्मती प्रदेश प्रमुखलाई कोरोना सङ्क्रमण

कात्तिक १२, झापा । वाग्मती प्रदेश प्रमुख विष्णु प्रसाईंलाई कोभिड– १९ को सङ्क्रमण पुष्टि भएको छ ।

उनले मङ्‍गलबार पीसीआर रिपोर्ट पोजेटिभ आएको बताए । उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दसैँमा झापाको मेचीनगरस्थित घर आएका थिए । विगत पाँच दिनदेखि शरीर दुख्‍ने, पसिना आउनेजस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामानय रहेको उनले बताए । हाल घरमै आइसोलेसनमा रहेका उनका छोरा राजेशलाई पनि कोभिड– १९ को सङ्क्रमण पुष्टि भएको छ । –रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.