सभापति देउवाद्वारा घरडेरामै सिमित रहेर पर्व मनाउन आग्रह

 

“कोरोना भाइरस सङ्क्रमणको नियन्त्रणमा पर्याप्त समय हुँदाहुँदै पनि सरकार पूर्ण रुपमा असफल भएको छ । आम जनताको स्वास्थ्य खतरामा परेको छ, अर्थतन्त्र धराशायी भएको छ । जनताको जीवन अत्यन्तै कठिन अवस्थाबाट गुज्रीरहेको छ । सरकार जनताका प्रति संवेदनहीन, गैर जिम्मेवार, अनुत्तरदायी र कर्तव्य विमुख देखिएको छ”, सन्देशमा उहाँले भन्नुभएको छ, “कोरोना भाइरस रोकथाममा सरकारले देखाएको उदासिनताका कारण बढ्दो सङ्क्रमणलाई कम गर्न नागरिकहरु आफै पनि सचेत र सजग हुन जरुरी देखिएको छ ।” विजया दशमीका अवसरमा सभापति देउवाले आफू र नेपाली कांग्रेसका तर्फबाट स्वदेश तथा विदेश रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.