पूर्वप्रधानमन्त्री भट्टराई र हिसिलालाई कोरोना

कात्तिक ८, काठमाडौं । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई र उनकी श्रीमती हिसिला यमीलाई कोरोना संक्रमण भएको छ । आज आफू र श्रीमतीलाई संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

डा। भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘हिसिला र म दुवैलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । कात्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो ।’ संक्रमण पुष्टि भएपछि चिकित्सकहरूको सल्लाह बमोजिम दुवै जना होम आइसोलेसनमा छन् । भट्टराईले केही समययता आफूहरूसँग सम्पर्कमा रहेकालाई सतर्कता अपनाउन आग्रह पनि गरेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.