कात्तिक ५, काठमाडौं । बारामा प्रहरीले गोली चलाएको छ । गोली प्रहारबाट भारतीय नागरिक बृजकिशोर कुशवाह घाइते भएका छन् ।
प्रदेश नम्बर २ का प्रहरी प्रमुख (डीआईजी) धीरजप्रताप सिंहका अनुसार भारतसँग सीमा जोडिएको बंकुर नाकामा भारतबाट नेपाल आएका कुशवाहले सोधपुछ गर्दा पेस्तोल देखाएर प्रहरीलाई नै आक्रमण गर्न खोजेपछि नियन्त्रणमा लिन गोली चलाउनुपरेको हो । उनको पाखुरामा गोली लागेको प्रहरीले जनाएको छ ।

