साउन १४, टोकियो । प्रजातन्त्र पुर्नस्थापनाका प्रथम प्रधानमन्त्री तथा प्रजातान्त्रिक जननेता बिपी कोइरालाको जेल जीबनबारे बिस्तृत जानकारी मुलक “इतिहासको जेल” नामक वृतचित्र जापानमा प्रर्दशन गरिएको छ ।
३७ औ वी.पी स्मृति दिवसको अवसर पारेर बी.पी चिन्तन र गणेशमान फाउन्डेशन जापान तथा बी.पी संग्रालय काठमाडौको संयुक्त आयोजनामा आइतवार टोकियोमा सो वृतचित्रको प्रर्दशनि गरिएको हो। बी.पी संग्राललयका अध्यक्ष पर्शुराम पोखरेलको प्रमुख आतिथ्यमा सो वृतचित्र टोकियोमा प्रर्दशन गरिएको हो ।पर्दशनिमा नेता कोइरालाको राजननीति इतिहास र जेल जिबनका बारेमा चित्रिण गरिएको थियो । कान्तिपुर टेलिभिजनले निर्माण गरेको वृतत्रिचमा बी.पी र अर्का नेता गणेशमान सिंहले तत्कालिन राणा शासनमा सुन्दरीजलमा रहेको एकान्त कारागाररमा बिताएका जेल जीबन र त्यहाको अवस्थाबारे चित्रण गरिएको छ ।
कार्यक्रममा बी.पी संग्रालयका अध्यक्ष पोखरेलले धेरै समयको मेहनत र संघर्षले संग्रालय निर्माण गरिएको स्मरण गराउनु भयो । उहाले बी. पी नेता र पुर्व प्रधानमन्त्री मात्र हुनुहुदैन थियो उहाँ एक युग पुरुष जो दुरदर्शी, विकास प्रेमी र प्रजातन्त्र स्थापित गर्ने महान उदेश्य भएका महान व्यक्ति पनि भएको बताउनु भयो । अध्यक्ष पोखरेलले बि। पी चिन्तन कांग्रेस पार्टीभित्र अध्ययन र मनन गर्न धेरैले छाडेकोमा चिन्ता व्यक्त गदै त्यसलाई बचाउन आफु यस संग्रालय मार्फत लागेका जानकारी दिए । कार्यक्रममा बि।पी चिन्तन तथा गणेशमान फाउन्डेशन जापानका अध्यक्ष डा. बलराम श्रेष्ठले बी.पी र गणेशमानको उपयोग दर्शन र चिन्तन विश्वमा प्रचार प्रसार गर्न आवश्यक रहेको बताए ।,
उनले बी. पीको समाजवादको चिन्तन राष्ट निर्माण , विकास र लोकतन्त्र बलियो पार्न उपयोगी सिदान्त् रहेका कारण सबै बुद्विजिवी वर्ग र समाजका अगुवाहरुले ज्ञान राखन आवश्यक रहेको महसुश गदै जापानमा पनि आधिकारीक रुपमा सो संस्था दर्ता गरिएको जानकारी दिए । श्रेष्ठले विश्वमामानब ले जान्नु पर्ने ,चिन्तन गर्नु पर्ने नया दार्शनिक सिदान्त र दर्शनहरु,समाज उत्थान का नया आयामहरु , अनुसन्धान मुलक कृति हरु संलग्न गरि प्रत्येक बर्ष ३ भन्दा बढी उपलब्धिमुलक कार्यकम हरु नेपाल तथा जापान बासि स्वदेशी तथा बिदेशी बुद्विजीवी वर्गहरुसंग छलफल र अन्र्तक्रिया गदै समुन्नत समाज निर्माण मा टेवा पुग्ने गरि क्रियासिल हुने जानकारी दिए ।
बी.पी तथा गणेशमान चिन्तन जापानकी सचिव जापानी नागरीक ईमुरा हिरोकोले प्रख्यात प्रजातान्त्रिक नेता बि.पीको जेल जीबनबारे वृतचित्र जापानमा हेर्न पाउदा खुशी व्यक्त्त गरिन् । कार्यक्रममा एनआरएनए जापानका संस्थापक अध्यक्ष राजन प्रधानंग, बुद्धिजिबी विभिन्न सामाजिक, राजनीतिक दल तथा संघ संस्थाहरुहका प्रतिनिधीहरु सहभागी भइ इतिहासको जेल वृतचित्र रुचिपूर्वक हेर्नुको साथै सकारात्मक दृष्टिकोण दिनु भएको थियो । आउदा दिनहरुमा बि.पी. चिन्तन तथा गणेशमान फाउन्डेसन जापान र बि।पी।संग्रहालय समिति नेपाल बीच बैस्विक दर्सन ,बिचार ,सिदान्त बिसयमा बिशेष कार्यकमहरु गर्दै समाज समाज लाइ अझ बढी जागरुक एबं समुन्नत बनाउन सहकार्य गर्दै जाने सहमति पनि भएको छ ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका प्रतिनिधी जन सम्पर्क प्रगतिशील मंचका पूर्ब अध्यक्ष अरूण श्रेष्ठ, फाउन्डेसनका अध्यक्ष डा बलराम श्रेष्ठ लगाएतका ब्यक्तिहरुले बिचार ब्यक्त गरेका थिए।