गाईजात्रालाई भव्य रूपमा मनाइने

साउन १४, भक्तपुर। गाईजात्रालाई भव्य महोत्सवका रूपमा मनाउन भक्तपुर नगरपालिकाले जात्रा तथा सँस्कृति पर्वसँग सम्बन्धित पक्षलाई भेला गराएर छलफल गरेको छ । भक्तपुरमा यो पटक विशेष उत्सवका साथ गाईजात्रा मनाइँदैछ ।

प्रसिद्ध महाकाली नाचका नाइके तुल्सीनारायण दण्डेख्याका अनुसार यहाँको लोकप्रिय नाच घिन्ताङ्घिसीलाई आकर्षक रूपमा प्रस्तुत गर्दै महाकाली नाचलाई पनि सो अवसरमा प्रदर्शन गरिने भएको छ । छलफलमा भक्तपुरको लाखे, महाकाली नाच, घिन्ताङ्घिसी लगायत सबै टोलका नाचसँग सम्बन्धित व्यक्ति सहभागी भएका थिए ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.