कात्तिक ३, म्याग्दी । म्याग्दीमा विभिन्न हातहतियारसहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका ८, काफलडाँडा बस्ने ३१ वर्षीय अम्बर गर्बुजा छन् । उनको साथबाट एकथान एकनाले भरुवा बन्दुक, १७ थान छर्रा, ४४ थान फलामका टुक्रा र १ सय ग्राम बारुद बरामद भएको छ । इलाका प्रहरी कार्यालय घोडेपानीबाट खटिएको प्रहरीले उनलाई उक्त हतियारसहित फेला पारी पक्राउ गरेको हो ।

