साउदी अरबमा अलपत्र परेका ३६ नेपालीको अवस्था झन् नाजुक बन्दै

साउन १३, काठमाडौं । कार्यरत कम्पनीले सडकमा निकालिदिएपछि साउदी अरबमा अलपत्र परेका ३६ नेपालीको अवस्था झन् नाजुक बन्दै गएको छ । सम्झौता अनुसारको काम र तलब नदिएको भन्दै ड्युटी नगएका कारण गत असार ३२ गते सडकमा निकालिएका नेपाली कामदारहरुको अवस्था झन्–झन् नाजुक बन्दै गएको हो ।

सोनमार कन्ट्रक्टिङ ट्रेडिङ एण्ड एडभरटाइजिङ कम्पनीमा क्याट्रिङको कामका लागि भन्दै २०७४ फागुन १ गते साउदी अरब पुगेका ३८ मध्ये ३६ नेपाली हाल उद्धारको प्रतिक्षामा बसिरहेका छन् । असार ३२ गते ड्यूटी नगएकामा कम्पनीले झोला, कपडा लगायत बन्दोबस्तीका सामग्री सडकमै निकालिदिएको सुरक्षित आप्रवासन परियोजना सामीको दिक्तेलस्थित सूचना केन्द्रकी सहायक परामर्शकर्ता बुनादेबी बिश्वकर्माले बताउनुभयो । एक रात सडकमै बिताएका नेपालीसहित भारत र पाकिस्तानका कामदारलाई बिना जानकारी साउन १ गते राती दमामको टुक्बा पुर्वी क्षेत्रमा पु¥याइएको वताईएको छ । ३८ मध्ये दुई जनालाई भने छुटाएर कुबेतको बोर्डरमा लगिएको पीडितहरुले बताएका छन् । अन्र्तराष्ट्रिय रोल्पाली सेवा समाज, गुरुङ तमोधी, मधेसी संस्था, नेपाल एनबिसी, एनआरएन साउदी अरब लगायतले खाना पकाएर खाने व्यवस्था मिलाइदिए पनि दिनचर्य अन्यौलपूर्ण बनेको अलपत्रमध्येका केशब खड्काले जानकारी दिनुभयो ।

क्याट्रिङको कामका लागि भन्दै उनीहरु जनही १ लाख २५ हजारदेखि १ लाख ५० हजार बुझाएर काठ्माण्डौंको चावहिल मित्रपार्कस्थित इम्पावर ओभरसिज प्रालिबाट साउदी पुगेका थिए । हालसम्म उनीहरुले जनही ९ सय रियाल मात्र तलव पाएको बताएका छन् । क्याट्रिङ, सप्लाईको नाम गर्दै अन्तिममा क्लिनिङको काममा लगाएको खड्काको भनाई छ । भने अनुसारको काम र दाम नदिएपछि नेपालीले एक दिन ड्यूटी इन्कार गरेकामा कम्पनीले सडकमा निकालिदिएको जनाईएको छ । अलपत्र पर्नेमा खोटाङका १३, सोलुखुम्बुका नौं र भोजपुरको एक जना कामदार रहेका छन् । यस्तै, सिन्धुलीका तीन, मकवानपुरका दुई ,सर्लाहीका दुई, म्याग्दीका एक र बाग्लुङका एक जना कामदार रहेको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र दिक्तेलका परामर्शकर्ता बुनादेवी बिश्वकर्माले जानकारी दिनुभयो । अलपत्र पर्नेमा डडेलधुराका एक, कैलालीका एक, दैलेखका दुई र रामेछापका एक जना रहेको परामर्शकर्ता बिश्वकर्माले उल्लेख गर्नुभयो ।

काम गरेवापतको तलव असार ३१ गतेसम्ममा दिने शर्त कार्यान्वयन नभएपछि एक दिन काम अस्विकार गरेको खोटाङ जालपाका शेषन राईले बताउनुभयो । – नेपाल समाचारपत्र

Satkar Media House
Leave A Reply

Your email address will not be published.