कात्तिक २, काठमाडौँ । सुरुदेखि नै कोरोना रोकथाम तथा नियन्त्रणका लागि लाग्नु भएका कलाकार श्रीकृष्ण सिम्खडा आफैं संक्रमित हुनुभयो । कलाकार तथा सामाजिक अभियन्ता सिम्खडा समाज परिबर्तनको मुद्दामा लागी रहन्छन् । स्वभिमान र साहसिक कलाकार सिम्खडा प्रष्ट बक्ता हुन। हरेक जनाताको मुद्दामा अग्रपङ्तिमा हुन्छ्न्।
नागरिकको हरेक दुख सुखमा संगै रहनु हुने कलाकार जनप्रतिनिधिभन्दा कम छैनन् । कुनै पनि सभा समरोहमा सिम्खडाको उपस्थितिलाइ अर्थपूर्ण रुपमा लिने गरिन्छ। कोरोना संक्रमण भएको बेलामा समेत कलाकार सिम्खडाले सबैलाइ नआत्तिन र मनोबल उच्च राख्न अपिल गरिरहे। आफ्नोभन्दा सार्वसाधारणको बढि चिन्ता देखिन्छ उनको स्वभाव र व्यबहारमा। उच्च मनोबलका प्रेरणा सिम्खडा दिलदार उत्तिकै छ्न। सबैसंग हार्दिकता र सम्मानले कुरा गर्छन् । राजनैतिक बहसमा दर्बिलो रुपमा प्रस्तुत हुन्छ्न् ।सत्यबादि बन्नु नै एक बार पाएको जिबन को अर्थ हो भन्ने उनले राम्रोसंग बुझेका छन।
सरल जीवनशैली उनको लोभलाग्दो पहिचान हो। खाजा खाने पैसा बचाएर समाजसेवामा लागि रहन्छ्न। सार्बजनिक सौचालय सफाइ अभियानका मुख्य अभियान कर्ताको रुपमा उनले आफ्नो परिचय र पहिचान बनाएका छ्न्। श्रमको सम्मान हुनुपर्छ भनेर जुत्ता पालिस गर्न समेत पुग्छ्न् सडकको पेटीमा उनि। काठमाडौंको स्थानीय भएर पनि अलिकति पनि त्यसको छनक छैन । दुर्गमबाट आएर संघर्ष गरेको जस्तै व्यवहार छ उनमा । सबैसंग घुलमिल गर्छ्न र मिल्छ्न। कोभिडको बिमारबाट उठ्ने बित्तिकै उनले आर्थिक अवस्था कमजोर विरामीलाइ पोसिलो आफुले सकेको लगिदिने सोच व्यक्त गर्दछन् । धनको धनि नभएपनि मनको धनि सिम्खडा कोरोना संक्रमणबाट मुक्त हुनु भएकोमा प्रारम्भ खबरको तर्फबाट हार्दिक बधाइ एवम् शुभकामना ।

