जनप्रतिनिधिले दशैं भत्ता नलिने व्यवस्था गरियोस् : नेता भीम रावल

कात्तिक २, काठमाडौं । कोरोना संकटको समयमा पनि दशैं भत्ता लिएको भनी सर्वत्र ब्यापक आलोचना भइरहेको छ । आलोचनाको क्रम बढ्दो हुन थालेपछि सांसदहरुले भत्ता नलिने घोषणा गर्न थालेका छन् ।

आज एक ट्वीट मार्फत सत्ताधारी नेकपा नेता भीम रावलले खातामा भत्ताको रकम राखिएको थाहा पाएको बताउँदै आफ्नो खाताबाट रकम कट्टी गर्न आग्रह गर्नुुभएको छ । ‘खातामा भत्ताको रकम राखिएको थाहा पाइयो । हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनैपनि जनप्रतिनिधिले दशैं भत्ता नलिने व्यवस्था गरियोस्’ सांसद रावलले लेख्नुभएको छ, ‘सांसदहरूले उक्त भत्ता लिनुहुन्न भन्नेमा मेरो समर्थन छ । मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ ।’

संसद सचिवालयले सांसदहरुलाई दशैं भत्ता दिएको भनी सर्वत्र आलोचना भइरहेको छ । विशेषगरी मिडियो र सामाजिक सञ्जालमा यसको व्यापक विरोध भइरहेको छ । संघीय कानुनमा सांसदहरुले घरबहाल, बिजुली, पानी, सञ्चार खर्च, बैठक भत्ता र भ्रमण भत्ता पाउने व्यवस्था भए पनि दशैं खर्चसम्बन्धी व्यवस्था छैन । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले यस अगाडि नै भत्ता नलिने घोषणा गरिसक्नु भएको छ भने अर्का नेता भीम रावलले पनि रकम नलिने घोषणा गर्नुुभएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.