चिकित्सा शिक्षा विधेयकमाथिको संशोधन बहुमतले पारित

साउन १३, काठमाडौं । चिकित्सा शिक्षा विधेयकमा डा. गोविन्द केसीका माग समावेश गर्ने गरी सरकारले राखेको संशोधन प्रस्ताव आज (आइतबार) संसदले वहुमतले पारित गरेको छ ।

शिक्षा, विज्ञान, प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विधेयक संशोधनबारे आज सदनलाई जानकारी गराएका थिए । संशोधन प्रस्तावमाथिको छलफलमा ११ जना सांसद सहभागी भएका थिए । ‘छलफलमा उठेका विषयमध्ये कतिपय संशोधनको प्रक्रियामा रहेर समावेश गर्न सकिन्छ’, सांसदले उठाएका प्रश्नको जवाफ दिंदै मन्त्री पोखरेलले उनले भने, ‘बोलीचालीमा चिकित्सा शिक्षा विधेयक भनिए पनि यसले स्वास्थ्य सेवाका विभिन्न विधालाई यसले समेट्छ । हामी संशोधनको प्रक्रियामा जाँदा बुँदा–बुँदामा छलफल गर्नेछौं ।’

संसदमा बोल्दै उनले स्वास्थ्य शिक्षामा देखापरेका विकृति र विसंगति रोक्न गुणमा आधारित शिक्षाबाट मात्र सम्भव हुने दावी गरे । नियमनको एकद्वार प्रणाली स्थापना गरेर यसलाई समाधान गरिने मन्त्री पाखेरलले बताएका छन् । माथेमा कार्यदलको भावनाअनुसार चिकित्सा शिक्षा विधेयक आउनुपर्ने माग गर्दै डा।केसी जुम्ला गएर १५ औं अनसन बसेका थिए । डा. केसीको सत्याग्रह २७ औं दिनमा पुगेको अवस्थामा गत बिहीबार राति सरकारले २२ बुंदे लिखित सम्झौता गरेको थियो ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.