सङ्घीय शिक्षा ऐन चाँडो ल्याउन नेपाल शिक्षक महासङ्घको माग

कात्तिक २, काठमाडौं । नेपाल शिक्षक महासङ्घले संविधान बमोजिम सङ्घीय शिक्षा ऐन चाँडो ल्याउन आग्रह गरेको छ ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, काठमाडौं महानगर समितिले शनिबार भर्चुअरुपमा आयोजना गरेको ‘समसामयिक शैक्षिक सवालमा महासङ्घ तथा सङ्गठनको भूमिका विषयक’ अन्तर्क्रियामा महासङ्घका अध्यक्ष बाबुराम थापाले सरकारले सङ्घीय शिक्षा ऐन ल्याउन ढिलाइ गर्न नहुने बताएका हुन् । उनले शिक्षकहरुको पेशागत हकहितका लागि सरकारसँग विगतमा भएका सहमतिको पालना हुनुपर्नेमा पनि जोड दिए।

सङ्गठनका राष्ट्रिय अध्यक्ष लक्ष्मण शर्माले कोभिड १९ पछिको विषम स्थितिमा पनि आफूहरुले ‘ननिदाएका शिक्षकहरु’ जस्ता मौलिक कार्यक्रम सञ्चालन गर्नाका साथै विद्यार्थीलाई वैकल्पिक माध्यमबाट पठनपाठनमा दत्तचित्त भएर लागेको बताए । महानगर समितिका अध्यक्ष डिल्ली शर्माले कोभिड १९ पछिको स्थितिमा शिक्षक सङ्गठनहरुले थप सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए।रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.