असोज ३०, काठमाडौँ । गोकर्ण तारेभीर चक्रपथ सडक आयोजनाको काम ९०% सम्पन्न भएको छ । लकडाउनकैबीच निर्माण कार्य सुचारु रहेको सडकमा ग्राभेलको काम धमाधम भईरहेको छ ।
नेपाल सरकार राष्ट्रिय भूकम्प पुनःनिर्माण प्राधिकरण आयोजना अन्र्तगत त्यस सडकमा करिब २९ करोड बजेटबाट टेण्डर आह्वान गरी काठमाडौँ जिल्ला समन्वय इकाई शाखाबाट निर्माण कार्य भईरहेको छ । टेण्डर प्रक्रियामा जादाँ लगभग २३ करोडमा सडक निर्माण तथा ग्राभेल कार्य भईरहेता पनि ढलान गर्न भने बजेटको अभाव हुने सहायक इन्जिनियर अजित यादबले बताएका छन् ।

७६ चैत १५ गते सम्पन्न हुनुपर्ने सो आयोजना केही प्राविधिक कठिनाईका करण समयअवधि थप गरि निर्माण कार्यलाई अगाडी बढाएको सहायक इन्जिनियार यादबले जानकारी दिएका छन् । गोकर्ण तारेभी सडक १० किलोमिटरको काम करिव ९५ प्रतिशत सम्पन्न भएको र कालोपत्रे तथा ढलानका लागि स्लोलिङको काम भईरहेको बताए ।
राजधानीको जुम्ला भनेर चिनिएको तारेभीरमा पहिलो पटक राष्ट्रिय झण्डा राखेर पर्यटकीय संभावनाको अध्ययन गर्न पुगेका तत्कालिन संविधान सभा सदस्य तथा वर्तमान बाग्मती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले नेपाल सरकारको तारेभीर सडक खण्डलाई चक्रपथको रुपमा विकास गर्ने बताएका छन् ।

श्रम अभियानबाट काम अगाडी बढाएको सडकको वर्तमान अवस्थाबारे बोल्दै मन्त्री फुयाँलले २०७२ बैशाख २९ गतेको भूकम्पाबाट ६ मिटरको ढुंगा खसेपछि त्यस ठाउँमा जिल्ला प्रशासन कार्यालय प्रमुख, प्राधिकरणका प्रतिनिधि, नेपाल टेलिभिजन तथा सञ्चार माध्यमका प्रतिनिधिहरुको अवलोकनपछि अति जोखिम क्षेत्रको रुपमा औल्याएर सडकको आवश्यकता अनुरुप सडक आयोजनाको काम सुरु भएको बताए ।
हाल भईरहेको सडकको ढलान सम्पन्न गर्न थप १० करोडको आवश्यकता रहने बताउँदै त्यसको लागि नेपाल सरकारसंग माग भएको मन्त्री फुयाँलले बताए । नेपाल सरकारकै योजना भएकोले सरकारसंग माग गरेको र प्राविधिक रुपमा समस्या आएमा बाग्मति प्रदेशबाटै बजेट विनियोजन हुने मन्त्री फुयाँलले बताए । गत वर्ष छैठो तारेभीर पर्यटन महोत्सवमा प्रमुख अतिथि समेत रहेको बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले उक्त सडकको लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धतता समेत व्यक्त गरेका थिए । मन्त्री फुयाँलले तारेभीरलाई थप पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न तामाङ जातीय संग्रहालय निर्माण गर्नका लागि रु. १० लाख बजेट विनियोजन भईसकेको बताएका छन् ।

सडक निर्माणमा स्थानीयको राम्रो साथ सहयोग पाएपनि वासिङ तथा बालुवा उत्खनन कार्यले भने असर गरिरहेको इन्जिनियारहरु बताउँछन् । त्यस्तै बिजुलीको ३ वटा पोलका कारण सडक विस्तार तथा केही घरहरुलाई असर पु¥याईरहेको छ । पोल हटाउन नेपाल बिद्युत प्राधिकरणलाई करिब ७ लाख बजेट लाग्ने बताएपछि आयोजनाले प्रक्रिया अगाडी बढाएको छैन् ।
गोकर्णेश्वर नगरपालिका वडा ३ का सदस्य लक्ष्मण कुमार लामाका अनुसार सडकले स्थानीयवासीमा खुसी छाएको र त्यसलाई दीर्घकालीन रुपमा अगाडी बढाउन आयोजनाका प्रतिनिधि र कामदारहरुलाई आवश्यक सहयोग तथा सुझाव दिदै आएको बताए ।

