सशस्त्र प्रहरी नवलपरासीद्वारा कोभिड– १९ सम्बन्धि जनचेतनामूलक कार्यक्रम

रबिन्द्र यादव ,
असोज ३०, नवलपरासी । नवलपरासी पश्चिमको सशस्त्र प्रहरी नेपाल २६ नं गण बेलासपुरले कोभिड–१९ सम्बन्धित जनचेतनामूलक कार्यक्रमसंगै मास्क वितरण गरेको छ ।

कोभिडको बढ्दो जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपाल गण नं २६ गणले पाल्हिनन्दन गाउँपालिकाको बेलासपुर चोकमा सर्वसाधारण स्थानीयलाई कोभिडबाट बच्न अपनाउनुपर्ने सावधानीसंगै मास्क र पम्पलेट वितरण गरेको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागर मणि पाठक , सशस्त्र प्रहरी बल नेपाल गण नं २६ बेलासपुरका गणपति महेश अधिकारी, पाल्हिनन्द गाउँपालिका अध्यक्ष दिपक गुप्ता (बैजु ), राजनीतिक दलका प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति थियो ।

उपस्थित जनसमुदायलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हे.क्वा. नवलपरासी पश्चिमका गणपति सशस्त्र प्रहरी उपरीक्षक महेश अधिकारीले निकट भविष्यमा समेत यस्ता जनचेतनामुलक कार्यक्रमहरु संचालन गरिदै जाने बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.