असोज २९, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ९३५ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार ६९२, भक्तपुरमा १३४ र ललितपुरमा १०८ कोरोना संक्रमित थपिएका हुन् । बुधबार काठमाडौंमा ९९६, ललितपुरमा ३०५ र भक्तपुरमा १०२ गरी एक हजार ४०३ कोरोना संक्रमित थपिएका थिए ।
मंगलबार काठमाडौंमा १७४६, ललितपुरमा १६७ र भक्तपुरमा २१६ गरी दुई हजार १२९ कोरोना संक्रमित थपिएका थिए । सोमबार काठमाडौंमा १८८८, ललितपुरमा २७७ र भक्तपुरमा ११८ गरी दुई हजार २८३ कोरोना संक्रमित थपिएका थिए । आइतबार काठमाडौंमा ११४५ , ललितपुरमा १६१ र भक्तपुरमा ११० गरी एक हजार ४१६ कोरोना संक्रमित थपिएका थिए ।

