छोरासहित नदीमा हामफालेकी महिलाको उद्धार, छोराको मृत्यु

असोज २९, चितवन । छोरासहित राप्ती नदीमा हामफालेकी एक महिलालाई प्रहरीले सकुशल उद्धार गरेको छ । उनको डेढ वर्षीय छोरा भने मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार आज अपराह्‍न साढे २ बजे भरतपुर महानगरपालिका २२ की हेमन्ती बोटेले मादक पदार्थ सेवन गरी घरनजिकैको राप्ती नदीमा आफ्नो डेढ वर्षको छोरासहित हामफालेकी थिइन् । हामफालेको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय गीतानगरको प्रहरी टोलीले ती महिलाको सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता (प्रहरी नायब उपरीक्षक) सूर्यबहादुर थापाले जानकारी दिए ।

थापाका अनुसार तीनवटा डुंगाको सहायतबाट खोजी गर्दा हामफालेको स्थानबाट दुई किलोमिटर टाढा बगाएर लगेको अवस्थामा मेजरघाट भन्‍ने ठाउँमा बालक मृत भेटिएको थियो । महिलालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनले बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.