कोरोनालाई भुलाउने प्राकृतिक अनुपम ‘तिनधारे झरना’

काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालिका वडा नं. २, मा रहेको तिनधारे झरनाले स्थानीय उत्पादन, कला, सस्कृति तथा सामाजिक, आर्थिक विकासमा सहयोग पु¥याउँदै ।

ज्ञानकाजी तामाङ,

असोज २८, काठमाडौँ । विश्वको अधिकांश पर्यटकीय क्षेत्रहरु कोभिड–१९ का कारण सुनसान भईरहँदा काभ्रेपलाञ्चोक जिल्लाको रोशि गाँउपालिका २ काफल डाडामा रहेको तिनधारे झरनामा भने यति बेला आन्तरिक र बाह्या पर्यटकको घँुईचो लाग्ने गरेको छ । उपत्यकाबाट एकदिनमा पुगेर फर्कन सक्ने त्यस झरनामा अवलोकन गर्न अहिले काठमाडौ उपत्यका, नुवाकोट, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, जनकपुर तथा बाह्या मुलुकबाट समेत पर्यटकहरु आउने गर्छन् ।

स्थानीयका अनुसार अहिले दैनिक करिब १ हजार देखि माथिको संख्यामा मानिसहरु झरना हेर्न तथा रमाउन आउने गर्दछ । बिगत केहि महिनादेखि सामाजिक सञ्जालमा चर्चामा आएको त्यस झरना काठमाडौं उपत्यकाबाट करिब ७० किलोमिटर दुरिमा रहेको छ भने समुन्द्र सतहबाट करिब १८ सय मिटरको उचाईमा रहेको छ ।

३ सय मिटर भन्दा अग्लो उचाई र करिब २ सय मिटर लम्बाई रहेको यो झरनाको आर्कषण भनेको अग्लो उचाईबाट तिन तहमा झर्ने पानी हो । अग्लो स्थानमा रहेको यो झरना अग्ला–अग्ला पहाडहरुको यात्राको साथै अवलोकन गर्न सकिन्छ भने प्राकृतिक वातावरणसहित शान्त, चिसो र मनोरम दृश्यको अनुभव लिन सकिन्छ । तर झर्नासम्म पुग्न सर्वसाधारणको लागि सहज भने छैन । सार्वजनिक सवारी काभ्रेको बनेपाबाट दैनिक रुपमा रोशि गाँउपालिका पुगे पनि तिनधारे झरना पुग्न सार्वजनिक यातायात बाट करिब ४ घण्टाभन्दा बढि पैदल हिड्नुपर्ने अवस्था छ । नीजि सवारी साधान मोटरसाईकल र कारको प्रयोग गरेर पनि त्यहाँसम्म पुग्न सकिन्छ, कतिपयले बलेरो टाटा सुमो जस्ता भाडाका सवारी समेत प्रयोग गरेर त्यहासम्म पुग्ने गर्दछ ।

धुलिखेल, नमोबुद्ध, दाप्चा, फलामेसाँघु, नारायणटार तथा धुलिखेल, भकुण्डेबेसिँ, कटुन्जे शिखर अम्बोटे हुदै दुईवटा बाटोबाट झरनासम्म पुग्न सकिन्छ । तिनधारे झरनासम्मको यात्रामा करिब ३० किलो मिटर कच्चि बाटो पार गनुपर्ने हुनाले यात्राको लागि भने कच्चि बाटो र उकालो ओरालो बाटाको लागि उपयुक्त हुने साधानको आवश्यकता पर्दछ ।

आधुनिक समयमा कुनै पनि मुलुक तथा स्थानको बिकास हुनका लागि पर्यटकीय महत्वपूर्ण बन्न सक्छ । त्यसैले पर्यटकहरुलाई आकर्षण गर्नका लागि विश्वका हरेक स्थानीय तथा केन्द्रिय सरकारले विभिन्न योजना बनाएर आकर्षण गरिहेको हुन्छन् । तर तिनधारे झरनामा भने सरकार र स्थानियहरुको कुनै पनि योजना तथा पूर्व तयारीबिना नै पर्याटकहरु आकर्षण भएको देखिन्छ । केहि समय अगाडि सामाजिक सञ्जाल फेसबुक र टिकटकमा तिनधारे झरनाको तस्बिर र भिडियो बहुबली झरना भन्दै भाईरल भएदेखि सो ठाउँमा जानेहरुको भिड बढेको देखिन्छ । तर सडकको दुरावस्थाका कारणल पर्यटकहरु सहज रुपमा झरनासम्म पुग्न भने सकिरहेको छैन । कच्चि मोटर बाटो अत्याधिक उकालो र ओरालोको कारण कतिपय पर्यटकको बिचमा नै साधान बिग्रेर बिजोग भएको समेत देखिन्छन् ।

बिगत केहि समयदेखि चर्चामा रहेको सो झरनालाई संरक्षण गर्ने सवालमा भने स्थानिय निकायले केही चासो देखाउन खोजिए पनि प्रभावकारी ढंगले व्यवस्थापन गर्न भने सकिरहेको छैन् । हालसालै रोशी गाउँपालिका अन्र्तगत १२ ओटै वडाहरुबाटै रु. ३ लाखका दरले ३६ लाख रकम छुट्याई बाटोको स्तरोन्नति गर्ने निर्णय भएको खबर स्थानीयहरुले दिए पनि कार्यगत समिति भने गठन हुन नसकेको गुनासो छ । यसअघि नै गाउँपालिकाबाट गाउँपालिका प्रमुख, प्रशासकीय अधिकृत, योजना शाखा प्रमुख तथा प्राविधिक टोली समेत पुगेपनि झरनाको प्रर्वद्धन तथा संरक्षणमा ठोस कदम अगाडी बढाउन सकिएन ।

स्थानीय युवा तथा प्रारम्भ खबरका सम्पादक भिम लामाले लोभ लाग्दो प्राकृतिक सम्पदालाई संरक्षण गर्न स्थानीय नागरिक र सरकारको अग्रसरता हुनुपर्ने बताए । स्थानीय स्तरमा तिनधारे झरना जस्तै ओझेलमा रहेका थुप्रै प्राकृतिक तथा साँस्कृतिक सम्पदाहरुको पहिचान गरी प्रर्वद्धनमा लाग्दा विकासले गति लिने बताए । उनका अनुसार तिनधारे झरनाको प्राकृतिक बनावटआनुसार सदाबहार रुपमा पानीको बहबलाई स्थीर बनाउन मुहानको संरक्षण तथा पानीको स्रोत रिर्जभ गर्नुपर्दछ ।

पत्रकार लामाले नेपालको अधिकांश पहाडी क्षेत्रहरुमा खोला, नाला, झरनाहरुको सुन्दर मनोरम दृश्यहरु देखिए पनि तिनधारे झरना जस्तो उच्च विन्दूबाट आर्कषक शैलीमा पानी झरेको पहिलो पटक देखेको अनुभव सुनाउँछन् । यो झरनाकै कारण निकट भविश्यमा डाडाँहरु जोडिने पर्यटकीय गन्तव्यको विकास टेवा पुग्ने उनको अनुमान छ । साथै त्यसको दीर्घकालीन रुपमा प्रर्वद्धनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने र सबैको साझा सम्पत्तिको रुपमा स्वीकारी स्थानीयहरु संरक्षणमा लाग्न सुझाव दिए ।

 

स्थानिय सरकारले सो ठाँउमा पर्यटकको आवगमणलाई सहज र व्यवस्थित बनाउनको लागि सबैभन्दा पहिला सडकको पहुँच सहज र सरल बनाउनु पर्ने देखिन्छ । साथै १२ महिनै एकानास बग्ने झरना बनाउनको लागि पानीको व्यवस्थापन, होटल तथा बास बस्न मिल्ने खालको लजको सुविधा र सो क्षेत्रलाई मर्यादित र आकर्षक बनाउनको लागि स्थानिय उत्पादनहरुको संरक्षण तथा संर्वद्धन गर्न सकेको खण्डमा त्यस क्षेत्रमात्र नभई सिँगो काभ्रे जिल्लाको आर्थिक वृद्धिमा सहयोग पुग्न सक्छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.