११ नाल भरुवा बन्दुकसहित १० जना पक्राउ

असोज २८, बाग्लुङ । बाग्लुङको तमानखोला गाउँपालिका २ बुङखानीबाट ११ नाल भरुवा बन्दुक र २ नाल बन्दुक बनाउन प्रयोग हुने सामग्रीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा तमानखोला गाउँपालिका २ बुङखानी बस्ने ६४ वर्षीय भिम बहादुर कामी, ४१ वर्षीय सुरेश रसाईली, २९ वर्षीय मोती प्रसाद रसाईली, ४६ वर्षीय धन बहादुर छन्त्याल, २१ वर्षीय नकुल रसाईली, २८ वर्षीय तुला सिंह छन्त्याल, ३१ वर्षीय भुपाल छन्त्याल, ६६ वर्षीय गुनवीर छन्त्याल, ४५ वर्षीय जाल बहादुर छन्त्याल र ६० वर्षीय भान बहादुर रसाईली रहेका छन् । उनीहरुले घरमा अवैध रुपमा हातहतियार लुकाइ राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाग्लुङबाट खटिएको प्रहरीले तलासी गर्दा लुकाई राखिएका उक्त हतियारसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.