असोज २७, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा दुई हजार १२९ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १७४६ , ललितपुरमा १६७ र भक्तपुरमा २१६ कोरोना संक्रमित थपिएका हुन् । सोमबार काठमाडौंमा १८८८, ललितपुरमा २७७ र भक्तपुरमा ११८ गरी दुई हजार २८३ कोरोना संक्रमित थपिएका थिए । आइतबार काठमाडौंमा ११४५ , ललितपुरमा १६१ र भक्तपुरमा ११० गरी एक हजार ४१६ कोरोना संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टामा देशभर चार हजार ४७ कोरोना भाइरस संक्रमित थपिएका छन् ।

